
स्थापना : २०१० | Estd : 2010 A.D
मगर संघ पोर्चुगल – परिचय ( Introduction )
“पोर्चुगलमा रहेका मगर समुदायको साझा आवाज”
मगर संघ पोर्चुगल सन् २०१० मा स्थापना भएको पोर्चुगलमा बसोबास गर्ने मगर समुदायको साझा,गैर नाफामुलक एक सामाजिक तथा सांस्कृतिक संस्था हो। यस संस्थाको स्थापना मगर समुदायबीच आपसी एकता, सहयोग, सद्भाव तथा आफ्नो मौलिक भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने पवित्र उद्देश्यका साथ गरिएको हो।
स्थापनाकालदेखि नै यस संस्थाले मगर समुदायको पहिचानलाई जगेर्ना गर्दै विभिन्न सांस्कृतिक, सामाजिक तथा परम्परागत कार्यक्रमहरू—जस्तै माघे संक्रान्ति, भुम्या पूजा, मगर दिवस लगायतका चाडपर्वहरू—विभिन्न खेलकुदहरुको(भलिबल, फुटबल) नियमित रूपमा आयोजना गर्दै आएको छ। साथै, पोर्चुगलमा रहेका नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्न तथा समुदायको हितका लागि अन्य संघ–संस्थासँग सहकार्य गर्दै सकारात्मक भूमिका निर्वाह गर्दै आएको छ।
मगर संघ पोर्चुगलले समुदायका सदस्यहरूलाई आवश्यक सहयोग, मार्गदर्शन तथा सामाजिक सेवामा समर्पित रहँदै मगर समुदायको गौरव, पहिचान र एकतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने दिशामा निरन्तर क्रियाशील रहेको छ।
“एकता, पहिचान र संस्कृतिको संरक्षण — मगर संघ पोर्चुगलको मूल प्रतिबद्धता”
हाम्रो उद्देश्य ( Our Aim )
समुदायको एकता र संगठन
पोर्चुगलमा रहेका मगर समुदायलाई एकतामा बाँध्दै संगठित, सचेत र सहकार्यशील समुदाय निर्माण गर्नु।
भाषा, संस्कृति, पहिचान संरक्षण र पुस्तान्तरण
मगर भाषा, भेषभूषा, परम्परा, संस्कार र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्नु।
सामाजिक सहयोग र आपसी समर्थन
समुदायका सदस्यहरूबीच आपतकालीन सहयोग, सल्लाह, सूचना र आपसी समर्थनको वातावरण सिर्जना गर्नु।
युवा तथा भावी पुस्ताको सहभागिता
युवा पुस्तालाई संगठन, नेतृत्व, संस्कार र सामाजिक जिम्मेवारीमा सक्रिय रूपमा जोड्नु।
समुदायको प्रतिनिधित्व र आवाज
मगर समुदायका मुद्दा, आवश्यकता र आवाजलाई सम्बन्धित निकाय तथा समाजमा संगठित रूपमा प्रस्तुत गर्नु।
सकारात्मक सम्बन्ध र सहकार्य विस्तार
अन्य समुदाय, संस्था तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै सामाजिक सद्भाव र आपसी सम्मानको विकास गर्नु।
अध्यक्षको सन्देश ( From Our Chairperson )
मगर संघ पोर्चुगल सम्पूर्ण मगर समुदायको साझा घर हो। हामी सबै मिलेर हाम्रो पहिचान, संस्कृति र भविष्य सुरक्षित राख्न प्रतिबद्ध छौं। समुदायको सहभागिताले मात्र संगठन बलियो बन्छ भन्ने विश्वासका साथ, सबैलाई एकतामा जोडिन आग्रह गर्दछु।

बर्तमान कार्यसमिति (Current Executive Committee)

भरत बुढा मगर
अध्यक्ष

विश्वास थापा मगर
सचिव

ओम पुन मगर
सदस्य

युक बहादुर राना मगर
सदस्य

चुमाया खजाली मगर
उपाध्यक्ष

पुरण घर्ती मगर
सह–सचिव

दिपक थापा मगर
सदस्य

बिरेन्द्र पुन मगर
सदस्य

टेक बहादुर थापा
उपाध्यक्ष

संगीता पुर्जा मगर
कोषाध्यक्ष

तिल बहादुर पुन मगर
सदस्य

थमन मगर
सदस्य

होम बहादुर घर्ती मगर
उपाध्यक्ष

बिना घर्ती मगर
सह–कोषाध्यक्ष

अजय गलामी मगर
सदस्य

पुजा मगर
सदस्य

रविन थापा मगर
उपाध्यक्ष

नरेन मगर
सांस्कृतिक संयोजक

गगन आले मगर
सदस्य

क्षेत्र बहादुर पुर्जा पुन
सदस्य

ईश्वर बहादुर राना मगर
महासचिव

विकास थापा मगर
सदस्य

याम बाबु आले मगर
सदस्य
भूतपूर्व अध्यक्षहरु (Former Presidents)

रन बहादुर पुन (२०१०-२०१२)
संस्थापक अध्यक्ष

लाल बहादुर पुन मगर (२०१२-२०१७)
अध्यक्ष

नारायण काजी मगर (२०१७-२०१७)
अध्यक्ष

दिपक राना मगर (२०१७-२०१८)
अध्यक्ष

चोप कुमार राना मगर (२०१८-२०२२)
अध्यक्ष

कमल पुन (२०२२-२०२५)
अध्यक्ष
समाचार तथा गतिबिधिहरु ( News & Events )
सञ्चार माध्यममा ( Local Media Coverage )
Our Gallery






























हाम्रो सहकार्यमा ( Supporting Partners )









